नेपाल सरकारले प्रादेशिक संरचनामा गएर ७ वटै प्रदेशमा सरकार गठन भइसकेपश्चात त्यहि संरचना अनुसार पनि नेपाल उद्योग परिसंघको सबै प्रदेशमा प्रादेशिक संस्था आवश्यक भयो तद्अनुरुप बागमती प्रदेश उद्योग परिसंघको स्थापना भएको छ । राज्यको नया“ संरचना अनुसार जिल्ला उद्योग परिसंघले गर्न नसक्ने, प्रदेशमा समन्वय गर्नुपर्ने तथा केन्द्रमा समेत पहुच बिस्तार गर्दै गर्नुपर्ने उद्योगमैत्री नीति, नियम निर्माणमा पहल र सहयोग गर्ने तथा तदानुसारका कार्यक्रमहरु शशक्त ढंगले अघि बढाउदै यस प्रदेश भित्रका १३ वटै जिल्लामा सञ्जाल बिस्तार गरेर मुलतः उद्योगिहरुको समस्या समाधान गर्नु, उनिहरुलाई सहयोग गर्नु यस परिसंघको मुख्य उद्देश्य हो ।

