बागमती प्रदेशका उद्योगीहरुको प्रतिनिधिमूलक छाता संगठनको रुपमा यस बागमती प्रदेश उद्योग परिसंघ बिधिवत दर्ता भई प्रथम साधारणसभा सम्पन्न भएर प्रदेशभित्रका उद्योगिहरुका साझा समस्याहरुलाई सम्बोधन गर्दै एक अर्कामा हातेमालो गर्दै अघि बढ्न तयार भएको छ । यस प्रदेशका उद्योगीहरुको आवाजलाई नेपाल उद्योग परिसंघ तथा प्रादेशिक सरकारसमक्ष प्रष्टरुपमा राख्दै अघि बढ्न सबैको साथ तथा समर्थन अत्यन्त आवश्यक छ । धेरैभन्दा धेरै उद्योगिहरुलाई सहभागी गराउदै यस सम्बन्धमा वृहत छलफल गर्दै भइरहेका कार्यक्रमहरुलाई प्रदेशका सबै १३ वटै जिल्लामा लैजान, शाखा कार्यालयहरु बिस्तार गर्न सबै उद्योगीहरुसंग अपेक्षा गरेको छु । साथै आगामी दिनमा बागमती प्रदेश उद्योग परिसंघले के कस्ता कार्यक्रमहरु यहा“हरुमाझ ल्याउनुपर्ने हो सो को सुझाव सहित सदस्यता लिन चाहनेहरुका लागि पनि सदस्यता लिन आग्रह गर्दछु ।

