+977-057-520029, 977-9855067287

Email : cbpi2078@gmail.com

परिसंघमा सामाजिक बिकास मन्त्रालयको भ्रमण टोलीलाई स्वागत

Activities

२०८१ फागुन १७, बागमती प्रदेश उद्योग परिसंघमा सामाजिक बिकास मन्त्रालय, सुदुरपश्चिम प्रदेशको अध्ययन टोलीलाई स्वागत गरिएको छ । मन्त्रालयका महाशाखा प्रमुख गणेश बहादुर सिंहको नेतृत्वमा आएको टोलिमा मन्त्रालयका अधिकृतहरु, इन्स्योर परियोजना सुदुरपश्चिमका प्रदेश व्यवस्थापक गंगा बहादुर बिक, नाडा सुदुरपश्चिमा महासचिव श्यामराज जोशाी, भिमदत्त नगरपालिका, बिभिन्न प्राविधिक शिक्षालय, सिप बिकास इकाइका संयोजकहरु सहित ११ जनाको सहभागिता रहेको थियो ।

बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष श्री लेखराज पोखरेलज्यूको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालय प्रमुख जगनाथ लामिछाने परिसंघले Dual VET Apprenticeship   र समग्र TVET मा गरेको कार्यक्रमहरुको सम्बन्धमा प्रस्तुती गर्नुभएको थियो । अध्यक्ष पोखरेलले टोलिलाई स्वागत गर्दै उद्योग प्रतिष्ठानलाई मात्रै नभइ बैदेशिक रोजगारीमा गएका कामदारलाई पनि अझ दक्ष बनाउन समेत अप्रेन्टिससिप कार्यक्रम लाभदायी हुने बताउनुभयो । बिश्वव्यापी रुपमा उद्योगहरु नया नया प्रविधिअनुसार अटोमेसनमा गैसकेको अवश्थामा यो सेक्टरलाई सरकारले पहिचान नै नगरेको अवस्थामा परिसंघले उद्योगहरुलाई फाइदा हुने गरि अघि बढाउन प्रयास गरेको बताउदै उहाले बागमती प्रदेशमा श्रम ऐनको बढि अभ्यास हुने हुदा कार्यक्रमलाई सफल बनाउन ट्रेड युनियनलाई समेत सहमत गराइएको बताउनु भयो । परिसंघले उद्योगको आवश्यकता अनुसार PLC, VFD तथा CNC जस्ता नया र आकर्षक बिषयका पाठ्यसंरचना निर्माण गर्दै सुमधुर औद्योगिक अभ्यासका लागि सिप अभिवृद्धि तालिम संचालन गरेको तर प्राविधिक शिक्षालयहरुले अझैपनि प्राविधिक बिद्यार्थीहरुको बिश्वास जित्न नसकेको बताउनुभयो ।

सामाजिक बिकास मन्त्रालय, सुदुरपश्चिमका महासाखा प्रमुख सिंहले अन्तरप्रदेशको आवश्यकता पुरागर्ने गरि कार्य गर्न सक्ने र यसैबाट मात्रै भारतिय कामदारमाथिको निर्भरता घटाउन सकिने बताउनुभयो । मन्त्रालय अधिकृत जोकेन्द्र प्रसाद भट्टले कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्रालयले गर्नुपर्ने कामका बिषयमा अनुभवसहितको जिज्ञासा राख्नुभएको थियो ।

कार्यक्रमा बोल्दै बागमती प्रदेश उद्योग परिसंघका प्रदेश परिषद सदस्य तथा उद्योग संघ मकवानपुका अध्यक्ष बद्रिनाथ शर्माले व्यक्तिगत स्वार्थ त्यागेर कार्यक्रममा सबै आफ्नो तर्फबाट प्रयास गर्नुपर्ने पर्ने बताउदै परिसंघले अध्यक्षको नेतृत्वमा ३ बर्षदेखि गरिरहेको प्रयासले प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम कार्यक्रममा यस प्रदेशमा एउटा उचाइ लिदै गरेको र बिभिन्न ठुला उद्योगहरुको सहभागिता सुनिश्चित गरेको बताउनुभयो साथै टोलिलाई अध्ययन भ्रमण उपलब्धिमुलक बनाउन सुभकामना दिनुभएको थियो ।

About Us