+977-057-520029, 977-9855067287

Email : cbpi2078@gmail.com

नेपाल उद्योग परिसंघलाइ स्वागत तथा बधाई

Activities

२०८२ भाद्र ६, शुक्रबार

बागमती प्रदेश उद्योग परिसंघमा नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष तथा उपाध्यक्ष सहितको टोलीलाइ स्वागत तथा सम्मान गरिएको छ । बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेलज्यूको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष बिरेन्द्रराज पाण्डे, उपाध्यक्ष भिम घिमिरे, महानिर्देशक घनश्याम ओझा, निर्देशकद्धय हिमाल पौडेल र रवि कुमार प्रजापतिसहितको टोलीलाई प्रदेश परिसंघका अध्यक्ष र उद्योग संघ मकवानपुरका कार्यवाहक अध्यक्ष किशोर अर्यालले फुलगुच्छा तथा खादा सहित स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष पोखरेलले स्वागत तथा बधाइ दिर्दै प्रदेश परिसंघको रणनीति, सुझाव र अपेक्षाहरु पेश गर्नुभएको थियो । उहाले नेपाल सरकारले न्यूनतम बेतन निर्धारण गर्ने कार्यमा प्रदेश र जिल्लाहरुको सुझाव तथा सहभागिता हुनुपर्ने बताउनुभयो । त्यस्तै बजेटमा सुझाव, युवा तथा महिला उद्यमी बिकास जस्ता कार्यक्रमहरु प्रदेश तथा जिल्लामा समेत पुर्याउन केद्रिय परिसंघले पहल गर्नुपर्ने बताउदै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा बिशेष हस्तक्षेप सहित बहाल वृद्धि, ५ इन्चको खानेपानी पाइप प्रयोग गर्ने प्रयोगकर्तामाथीको अनुचित नियममाथी छलफल गर्नुपर्ने बताउनुभयो । बफर जोनमा बातावरण परिक्षण गर्न र चितवन र मकवानपुर उद्योग संघका पाठशाला तथा नवप्रवर्तन केन्द्रलाइ सहयोग गर्न आग्रह गर्नुभयो । नेपाल उद्योग परिसंघका उपाध्यक्ष भिम घिमिरेले सिओ तथा सदस्यता वृद्दिमार्फत सचिवालय बलियो बनाउन सहयोग हुने बताउदै प्रदेश र जिल्लाका समस्याहरु केन्द्रमा उठाउदै आएको र आउदा दिनमा अझै बलियो समन्वय हुने बताउनुभयो । प्रदेश परिसंघका प्रदेश परिषद सदस्य सुयशराज पराजुलीले प्रदेश सरकारले लगाएको पर्यावरणीय शुल्क अन्त्यका सम्बन्धमा केन्द्रिय परिसंघले समेत पहल गर्न अनुरोध गर्नुभयो । उद्योग संघ मकवानपुरका कार्यसमिति सदस्य समिक्षा दाहालले तारजाली तथा फलाम सम्बन्धि उद्योगमा बढेको अन्तशुल्क तथा साफ्टा अन्तर्गत न्युन भन्सार दरमा आयात हुने तयारी बस्तुले प्रतिस्पर्धात्मक क्षमता घटेको बताउदै यसले उद्योग बन्द हुदै जाने भएकाले सम्बन्धित ठाउमा पहल गरिदिन आग्रह गर्नुभयो ।

सहभागीहरुको प्रश्न तथा जिज्ञाशाको जबाफ दिदै अक्ष्यक्ष पाण्डेले नेपाल उद्योग परिसंघले बिशेषतः उत्पादनमुलक तथा सेवामुलक उद्योगहरुको हितको बारेमा नीतिगत पहल गर्दै आएको बताउदै यससम्बन्धि परिसंघको रिसर्च सेलले कार्य गर्ने प्रष्ट्याउनु भयो । हाल बिश्वव्यापी मापदण्डलाई अनुसरण गर्दै नवीकरणीय उर्जामा परिसंघले सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थासंग मिलेर कार्य गर्ने बताउनुभयो । १०० खर्बको अर्थतन्त्रको नारा बोकेको परिसंघले बिभिन्न ७ वटा क्षेत्रमा ध्यानाकेन्द्रित भइ कार्य गरे ४४ बाट १०० सजिलै पुग्न सक्ने बताउनुभयो ।

उहाले नेपाल उद्योग परिसंघले २७ वटा ऐनमा सुधार गर्न, बजेट तथा मौद्रिक नीतिमा सुझाव उपलब्ध गराएको र बजेट तथा मौद्रिक नीतिका कार्यक्रमहरु कार्यान्वयन भएनभएको पनि अध्ययन गर्ने गरेका बताउनुभयो र आफ्नो कार्यकाल मानव पुजीको बिकासका लागि मुख्य प्राथमिकतामा रहने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेश उद्योग परिसंघका संस्थापक अध्यक्ष ऋषिराम घिमिरे, सिन्धुली उद्योग संघका तदर्थ समितिका संयोजक बलराम अधिकारी, प्रदेश परिषद सदस्य दिवस चौलागाइ, तथा उद्योग संघ मकवानपुरका कोषाध्यक्ष बुद्दराज अर्याल, सदस्य लिलाचन्द्र तिमल्सिना, कृष्ण न्यौपानेको सहभागीता रहेको थियो ।

About Us